सिंहदरबार र शीतल निवास भित्रको फोहोर तीन दिन भित्र उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश काठमाडौं, ८ वैशाख। सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री कार्यालयमा रहेको फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको हो। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा गत चैत २४ गतेदेखि उक्त क्षेत्रको फोहोर उठाउन छाडिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्