विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास काठमाडौं, ९ वैशाख। विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ। कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भई निधन भएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो। आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्