समाजमा अराजक गतिविधि बढे, हस्तक्षेप गनुपर्ने देखियोः प्रधानमन्त्री प्रचण्ड काठमाडौं, ९ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्