गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त, पाएनन् विश्वासको मत
काठमाडौं, ९ वैशाख। नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ। शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाएसँगै स्वतः पदमुक्त भएका हुन्। गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ जना राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए। तर, विपक्षमा कांग्रेस, माओवादीलगायत दलको ३५ मत खस्यो।
प्रतिक्रिया दिनुहोस्