निर्वाचन आयोगले सोध्यो मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौबिस घण्टे स्पष्टीकरण काठमाडौं, १० वैशाख। निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ। यादवले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहितविपरीत कार्य गरेको भन्दै आयोगले आइतबार स्पष्टीकरण सोधेको हो। ‘के कति कारणबाट पचरौत नगरपालिका क्षेत्रमा जानु भएको हो?,’आयोगले यादवलाई सोधेको छ।यादवले प्रयोग गरेको सवारीसाधन र सुरक्षा ब्यवस्था सरकारी हो÷होइन भन्ने पनि सोधेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्