प्रधानमन्त्रीले नेपालमा उत्पादित सवारी साधन दर्ता गर्ने कानून बनाउन दिए निर्देशन
काठमाडौं, १० वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित सवारी साधन दर्ताको लागि आवश्यक पर्ने कानून बनाउन निर्देशन दिएका छन्।उनले मुख्यसचिवमार्फत निर्देशन दिएका हुन्। ‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु।सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’प्रधानमन्त्री दाहालले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्