तनहुँ–१ का कांग्रेस उम्मेदरलाई निर्वाचन आयोगले सोध्यो चौबिस घण्टे स्पष्टीकरण
काठमाडौं, १० वैशाख। निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ। वैशाख ७ गते राती १२ बजेपछि निर्वाचन आचारसंहित विपरीत भ्वाइस म्यासेज मार्फत मत मागेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो। ‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन?’ आयोगले सोधेको छ।
प्रतिक्रिया दिनुहोस्