नौ महिनामा भारतसँगको व्यापार घाटा ६ खर्ब ७० अर्ब नाघ्यो
काठमाडौं, १० वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड ६१ लाख १८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले भारतबाट ७ खर्ब ५३अर्ब ७५करोड १४लाख ७२हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही समयमा नेपालले भारतमा मात्र ८२अर्ब ९८करोड ५३लाख ५४हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
प्रतिक्रिया दिनुहोस्