सुडानमा सेना र अर्घसैनिक बलबीचको भिडन्तः ४२० जनाको मृत्यु, ३७ सयभन्दा बढी घाइते
खार्तुम, ११ वैशाख। सुडानमा जारी सेना र अर्धसैनिक बलबीचको भिडन्तमा मृत्यु हुनेको संख्या ४२० जना पुगेको छ। भिडन्तमा ३ हजार ७०० जनाभन्दा बढी घाइते भएका छन्। पछिल्ला दिन राजधानी खार्तुम र मुख्य सहरमा सेना र अर्धसैनिक बलबीचको भिडन्त अझ चर्किदै गएकोछ। भिडन्त चर्केपछि सुडानमा रहेका विदेशी दूतावासहरुले आफ्ना नागरिक र कर्मचारीलाई फर्काउन थालेका छन्।साउदी अरबले मात्र १५७जनालाई उद्धार गरेको छ।
प्रतिक्रिया दिनुहोस्