नौ महिनामा चीनसँगको व्यापार घाटा १ खर्ब ६१ अर्ब नाघ्यो
काठमाडौं, ११ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना(साउन–चैत)मा चीनको व्यापार घाटा १ खर्ब ६१ अर्ब ८१ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले चीनबाट १ खर्ब ६२अर्ब ४ करोड ८४लाख १७हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने सो अवधिमा चीनमा मात्र ६३करोड ६८लाख ३२हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
प्रतिक्रिया दिनुहोस्