संसदीय दलको बैठकमा देउवाको ब्रिफिङ: उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन
काठमाडौं, ११ वैशाख। नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। बैठकमा उनले पार्टीलाई सुधारेर लैजानुपर्ने समेत जनाएको पार्टीका सांसद रामहरि खतिवडाले बताए। देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेका थिए। बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने उनले जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्