सर्वोच्चलाई बालेनको जवाफः नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा स्विकारेको हो काठमाडौं, ११ वैशाख। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले विभिन्न समयमा सर्वोच्च अदालतले दिएका आदेशको पालना महानगरपालिकाले मात्र नभई सबैले गर्नुपर्ने बताएका छन्। सर्वोच्चले तीन दिन भित्र सिंहदरबार र शीतल नीवासको फोहोर उठाउन महानगररपालिकालाई दिएको आदेशको जवाफमा उनले यस्तो बताएका हुन्। ‘अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने देखिन्छ,’ उनले सोमबार फेसबुकमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्