संवैधानिक परिषद्सम्बन्धी विधेयकमा दलहरुबीच सहमति, टीआरसीका लागि विशेष समिति बनाइने काठमाडौं, ११ वैशाख। संसदमा प्रमुख तीन दलबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ। सोमबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रका नेताको बैठकमा संवैधानिक परिषद्को बैठक बस्न रहेको कानुनी रिक्तता अन्त्य गर्ने सहमति भएको हो। बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले टीआरसी सम्बन्धी विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्