चितवन–२ मा मतान्तर बढाउँदै रवि लामिछाने
काठमाडौं, ११ वैशाख। चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो पटक प्राप्त मतपरिणामअनुसार लामिछानेले ३हजार ६०२मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २हजार ८२मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १ हजार ४९४मत पाएका छन्। आइतबार भएको उपनिर्वाचन अन्र्तगत चितवन–२मा आज दिउँसोदेखि मतगणना सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस्