बारामा मतगणना जारीः उपेन्द्रको अग्रता कायमै, कुशवाह पछिपछि
काठमाडौ, १२ वैशाख। बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। मंगलवार बिहान १०ः४०बजेसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले १२हजार ४७९मत ल्याएका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले ८हजार १८१मतका साथ पछ्याइरहेका छन्। सत्ता गठबन्धनको साझा उम्मेदवार यादवलाई सुरुआती चरणमा पछि पारेका जनमतका कुशवाह पछिल्लो चरण ४हजार २९८मतले पछाडि परेका छन्।
प्रतिक्रिया दिनुहोस्