चितवनमा रविको जित निश्चितः कटाए ५० हजार मत, मतान्तर साढे ४० हजारभन्दा माथि
काठमाडौं, १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत गणना जारी रहँदा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ४० हजार ८६४ बढी मत अन्तरले अगाडि छन्। पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार उनले ५० हजार २९ मत पाएका छन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस्