नेपालमा उत्पादित सवारी साधनलाई अनुमति दिन महाबीर पुनको प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं, १२ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर उनले उक्त प्रतिवद्धता जनाएका हुन्। भेटमा अध्यक्ष पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस्