चितवन–२ मा रवि लामिछाने भारी मतले विजयी
काठमाडौं, १२ वैशाख। चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं.२ मा भएको उपपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन्। उनी ५४ हजार १७५ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११हजार ११४मत पाएका छन्। श्रेष्ठले भन्दा लामिछानेले ४३हजार ६२बढी मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०हजार ९३५मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस्