कांग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिइने काठमाडौं, १२ वैशाख। नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा,स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग,समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन्। सोमवारबाट संघीय संसद भवनमा भएको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन्। बैठकपछि मंगलवार सञ्चारकर्मीहरसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्