विमानमा चरा ठोक्किएको भनि गलत सूचना दिने फ्लाई दुबईका दुई जना कर्मचारीमाथि कारवाही काठमाडौं, १२ वैशाख। नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार काठमाडौंबाट दुबईतर्फ उड्नेक्रममा फ्लाई दुबईको एफडीजेड ५७६ (बी७३७–८००) विमानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण सूचना फैलाएको आरोपमा दुई जनालाई कारवाही गरेको छ। कारवाहीमा पर्नेमा फ्लाई दुबईका दुई जना कर्मचारी– नेपाल कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजर रहेका छन्। उनीहरुलाई विमानस्थल प्रवेशमा रोक लगाउनुका साथै एयरपोर्ट पास समेत निष्क्रिय गरेको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्