देशको आर्थिक संकट समाधान गर्ने धनराज गुरुङको जुक्ति– बाँदर निर्यात
काठमाडौं, १२ वैशाख। सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गाउँघरमा बाँदर आतंक फैलिएको र बाँदर निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने बताए।‘किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ। हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला,’उनले भने।
प्रतिक्रिया दिनुहोस्