राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त काठमाडौं, १२ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा.ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्। व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो। रास्वपाको सोही निर्णय बमोजिम उनको पद रिक्त भएको सभामुख घिमिरेले बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्