जो बाइडेनद्वारा २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा
वाशिङ्टन, १२ वैशाख। अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले एक प्रोमोशनल भिडियो मार्फत दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। भिडियोमा उनले आफ्नो उम्मेदवारी रिपब्लिकन्सहरुको अतिवादविरुद्ध भएको दाबी समेत गरेका छन्। उनले आगामी निर्वाचनमा गर्भपतनको अधिकार, लोकतन्त्रको रक्षा, मतदान अधिकार र सामाजिक सुरक्षालाई मुख्य मुद्दा बनाउने समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्