हरेक १० वर्षमा लाइसेन्स नविकरण गर्ने व्यवस्था चाँडै लागू गर्छौंः भौतिकमन्त्री ज्वाला
काठमाडौं, १२ वैशाख। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नविकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मंगलवार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम प्रमुख प्राथमिकतामा रहेको जनाए। मन्त्री ज्वालाले लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्