कमला ह्यारिसले २०२४ मा अमेरिकी उप–राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने
वाशिङटन, १२ वैशाख। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सन् २०२४ मा हुने अमेरिकी उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा पुनः राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै उनले पनि उम्मेदवारी दिने घोषणा गरेकी हुन्।उनले आज ट्वीटर मार्फत दोस्रो कार्यकालको लागि उपराष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।लोकतन्त्रलाई थप मजबुत बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले जनाएकी छन्।
प्रतिक्रिया दिनुहोस्