नेप्से परिसूचक १७.३६ अंकले बढ्यो, ८८ करोड ५५ लाखभन्दा बढीको खरिद बिक्री
काठमाडौं, १२ वैशाख। साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १७ अंकभन्दा बढीले बढेको छ। मंगलवार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ। सोमवार नेप्से परिसूचक २.७१ अंक बढेको थियो। मंगलवार कारोबारमा आएका २६४ कम्पनीको २७ लाख कित्ता शेयर ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। सोमवारको तुलनामा मंगलवार कारोबार रकम बढेको छ।
प्रतिक्रिया दिनुहोस्