बारा–२ उपनिर्वाचनः पाँच हजारभन्दा बढीको मतान्तरसहित उपेन्द्र यादव बिजयी काठमाडौं, १३ वैशाख। बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव बिजयी भएका छन्। यादवले २८ हजार ४१५ मत ल्याइ बिजयी बनेका हुन्। उनको निटकतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले २३हजार ३३४मत ल्याएका छन्। निटतम प्रतिद्वन्दी कुशवाह र यादवको मतान्तर ५ हजार रहेको छ।यादव सत्तारुढ पाँच दलीय गठनवन्धको साझा उम्मेदवार थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्