दलगत आस्था र चुनावी प्रतिष्पर्धाको घेरामा रहन्नः रवि लामिछाने
काठमाडौं, १३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले आफु जनप्रतिनिधि भएपछि दलगत आस्था र चुनावी प्रतिष्पर्धाको घेराभित्र कहिल्यै नरहने बताएका छन्। चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएलगतै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको साझा जनप्रतिनिधि भएको बताएका हुन्। स्टाटसमा उनले भनेका छन्,‘जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिष्पर्धाको घेराभित्र कहिल्यै रहने छैन।’
प्रतिक्रिया दिनुहोस्