सेनाको हेलिकप्टर चार्टर गर्नेले दिएनन् भाडा, उठ्न बाँकी रकम साढे ७ करोडभन्दा बढी
काठमाडौं, १३ वैशाख। नेपाली सेनाले आफ्ना हेलिकप्टर चार्टर गरेवापत विभिन्न व्यत्ति, संस्था र निकायबाट उठाउन बाँकी रकम ७करोड ६६लाख ६४हजार रुपैयाँ पुगेको छ। यो हिसाब आर्थिक वर्ष २०७८/७९सम्मको हो। सेनाका अनुसार अघिल्लो आर्थिक वर्ष मात्र १५व्यक्ति, संस्था र निकायबाट १करोड ६१लाख ९३हजार रुपैयाँ रकम उठ्न सकेको थिएन। आर्थिक वर्ष २०३४/३५देखि २०७७/७८सम्म ६करोड ४लाख ७१हजार रुपैयाँ असुल गर्न बाँकी रहेको थियो।
प्रतिक्रिया दिनुहोस्