माओवादी आक्रमणमा परी १० जना सुरक्षाकर्मीसहित ११ को मृत्यु
नयाँदिल्ली, १३ वैशाख। भारतको छत्तीसगढको दन्तेवाडामा माओवादीको आक्रमणमा परी १० जना सुरक्षाकर्मी र एक जना सवारी चालकको मृत्यु भएको छ। मर्ने सुरक्षाकर्मीहरु डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी)का जवान थिए। केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलसँग घटनाका सम्बन्धमा जानकारी लिएका छन्। माओवादी आएको थाहा पाएपछि कारवाहीको लागि सुरक्षाकर्मीको टोली निस्केको थियो। सोही टोलीलाई लक्षित गरी माओवादीले आईईडी बिस्फोट गराएका थिए।
प्रतिक्रिया दिनुहोस्