रुस–युक्रेन युद्धले विश्वभर बढायो रक्षा बजेट, एक वर्षमा २.२४ लाख करोड डलर भयो खर्च
काठमाडौं, १३ वैशाख। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टीच्युट(एसआईपीआरआई)को पछिल्लो प्रतिवेदनले रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वमा हतियारमा हुने खर्च ह्वात्तै बढेको देखाएको छ। सन् २०२२मा विश्वभर रक्षा क्षेत्रमा २.२४लाख करोड डलर खर्च भएको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष युरोपमा रक्षा बजेटमा भएको वृद्धि पछिल्लो ३० वर्षयताको सबैभन्दा बढी थियो। हतियारमा भइरहेको कूल खर्चको ५६प्रतिशत हिस्सा अमेरिका,चीन र रुसको रहेको छ।(बीबीसी)
प्रतिक्रिया दिनुहोस्