ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छः गृहमन्त्री श्रेष्ठ काठमाडौं, १३ वैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले झापाको बुधवारेमा ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरुले ढुंगामुढा गरेको जनाए। उक्त घटना दुखद् भएको भन्दै उनले सरकारको तर्फबाट निन्दा गरे। प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी उनले दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्