अमेरिकाले उत्तर कोरियालाई सिगरेट बेच्ने कम्पनीलाई गर्यो ८३ अर्बभन्दा बढी जरिवाना न्युयोर्क, १३ वैशाख। अमेरिकाले उत्तर कोरियालाई सिगरेट बेचेको आरोपमा ब्रिटिस अमेरिकन टोब्याको (बीएटी) कम्पनीलाई ६३.६ करोड अमेरिकी डलर (८३ अर्ब २५ करोड रुपैयाँ) जरिवाना गरेको छ। अमेरिकाले उत्तर कोरियामाथि लगाएको प्रतिवन्धको उल्लंघन गर्दै सिगरेट बेचेका कारण कम्पनीलाई जरिवाना गरिएको हो। उक्त कम्पनीले सन् २००७ देखि २०१७ सम्म उत्तर कोरियामा सिगरेट पठाएको जनाइएको छ। बीएटी विश्वकै प्रमुख सिगरेट कम्पनीमध्ये एक हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्