नविकरण नगर्ने ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज
काठमाडौं, १४ वैशाख। सरकारले नविकरण नगर्ने ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीवार सुचना सार्वजनिक गर्दै नविकरण नगर्ने निर्माण व्यवसायीको इजातपत्र खारेज गरेको हो। निर्माण व्यवसायी ऐन २०५५को दफा ५को उपदफा ३अनुसार उक्त कम्पनीले आर्थिक वर्ष २०७९/८०को चैत मासन्तसम्म इजाजतपत्र अनिवार्य रुपमा नविकरण गर्नुपर्छ। इजाजतपत्र खारेजपछि उनीहरुले अब निर्माणसँग सम्वन्धित कुनै काम गर्न सक्नेछैनन्।
प्रतिक्रिया दिनुहोस्