गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै
काठमाडौं, १४ वैशाख। गण्डकी प्रदेशमा बिहीवार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८को उपधारामा २बमोजिम आज दिउँसो ४बजेसम्म मुख्यमन्त्री नियुक्तिको समय दिएका छन्। सोहीअनुसार गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। गण्डकी प्रदेश प्रमुख कार्यालयका अनुसार कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गर्दैछन्। पाण्डे कांग्रेस संसदीय दलका नेता हुन्।पाण्डे माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्