नौ कम्पनीलाई कलोसूचीमा राख्ने तयारी काठमाडौं, १४ वैशाख। सरकारले नौ निर्माण व्यवसायी तथा आपूर्ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रकृया अघि बढाएको छ। उनीहरु विरुद्ध कालोसूचीमा राख्ने प्रकृया सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि बढाएको हो। कार्यालयले उनीहरुलाई कालोसूचीमा राख्न नपर्ने भए लिखित स्पष्टिकरण पेश गर्न सात दिनको म्याद दिएको छ। कम्पनीबाट स्पष्टिकरण नआए कम्पनीलाई कालोसूचीमा राखिने कार्यालय जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्