राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिनुः अर्थमन्त्री डा. महत विराटनगर, १४ वैशाख। अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन्। तर नियम कानूनले दिएको अधिकार भित्र रहेर कुनै पनि कार्यको कार्यान्वयन गर्न नचुक्न पनि उनको निर्देशन छ। विहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले पारदर्शीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्