अर्जेन्टिनाले चीनसँग डलरको सट्टा युआनमा कारोबार गर्ने
बेइजिङ, १४ वैशाख। अर्जेन्टिनाले अब चीनसँग गर्ने सबै कारोबारमा अमेरिकी डलरको सट्टा चिनियाँ युआनमा गर्ने घोषणा गरेको छ। देशमा डलरको भण्डारण घटेपछि यस्तो निर्णय लिनु परेको अर्जेन्टिनाका अधिकारीले बताएका छन्। अप्रिल महिनामा अर्जेन्टिनाले चीनबाट करिब एक अर्ब डलरको चिनी आयात गर्दा भुत्तानी युआनमा गर्ने जनाइएको छ। यसपछि ७९ करोड डलर बराबरको मासिक आयात पनि युआनमा नै गर्नेछ।
प्रतिक्रिया दिनुहोस्