एसीसी प्रिमियर कपः चलेन नेपालको ब्याटिङ, कतारलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं, १४ वैशाख। एसीसी प्रिमियर कप समूह चरणको अन्तिम खेलमा आज नेपालले कतारलाई १५८रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको निर्धारित ५० ओभरको खेलमा नेपालले ४०.३ओभरमा सबै विकेट गुमाउँदै १५७रन जोडेको थियो। खेलमा नेपालका सन्दीप लामिछानेले ४२,कशुल भुर्तेलले२,आसिफ शेखले१९,भीम सार्कीले ६,रोहित पौडेलले२७,सोमपाल कामीले११,कुशल मल्लले ३,आरिफ शेखले ११,दिपेन्द्र सिंह ऐरीले १२,गुल्सन झाले७ र ललित राजवंशीले १ रन जोडेका थिए।
प्रतिक्रिया दिनुहोस्