नेपालमै उत्पादित सवारी साधन दर्ताको बाटो खुल्यो
काठमाडौं, १४ वैशाख। अब नेपालमै बनेका सवारी दर्ता गर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरी अब नेपालमै बनेका सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो। विभागले सूचना प्रकाशित गर्दै व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ।
प्रतिक्रिया दिनुहोस्