काठमाडौं महानगरले बालाजुको कोतः धुक पेट्रोल पम्पमा गर्यो सिल
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको कोतः धुक पेट्रोल पम्पमा सिल गरेको छ। बुधबार मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्प सिल गरेको हो। अदालतको स्टे अर्डर हुँदाहुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले उत्तम मानन्धरको भनाइ छ।उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो।जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो।
प्रतिक्रिया दिनुहोस्