एसीसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै नेपाल बन्यो समूह बिजेता काठमाडौं, १४ वैशाख। एसीसी प्रिमियर कप अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले हराएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ब्याटिङ गर्न आएको कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन जोडेको थियो। आजको जितसँगै नेपाल समूह बिजेता बनेर एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्