वैदेशिक सहायता प्रतिबद्धता बढ्यो, आठ महिनामा १ खर्ब ३७ अर्बभन्दा बढीको प्रतिबद्धता प्राप्त
काठमाडौं, १४ वैशाख। आर्थिक वर्ष २०७९/८०को पहिलो आठ महिनामा १ खर्ब ३७अर्ब १२करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। अर्थ मन्त्रालयका अनुसार प्रतिबद्धतामध्ये २३अर्ब १२करोड अनुदान सहायता र १ खर्ब १४अर्ब ऋण सहायता रहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिवद्धता ८.८ प्रतिशतले बढेको छ। गत वर्ष १खर्ब २६अर्ब ७करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको थियो।
प्रतिक्रिया दिनुहोस्