साढे ९ महिनामा ६ लाख ४० हजार भन्दाबढी सवारी चालकमाथि कारवाही, साढे ४८ करोड राजस्व संकलन
काठमाडौं, १४ वैशाख। चालु आर्थिक वर्ष २०७९÷८० सुरु भएयता हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ६ लाख ४० हजार ४५४ जना कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार कारवाहीमा पर्नेहरुबाट ४८करोड ५०लाख ६८हजार ८३६रुपैयाँ राजस्व उठेको। ‘हामीले सडकमा सवारी नियम, ट्राफिक नियमको पालना गराउने हो र पालना नगर्ने चालकलाई कारबाही गर्ने क्रममा जरिवाना गर्ने हो,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भने।
प्रतिक्रिया दिनुहोस्