संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूचि
काठमाडौं, १५ वैशाख। आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १बजे र राष्ट्रिय सभाको बैठक अपरान्ह ४बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल हुनेछ।राष्ट्रिय सभाको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस्