राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित दुई सांसदले आज शपथ लिदै
काठमाडौं, १५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले आज सभामुखसँग सांसद पदको शपथ लिने भएका छन्। उनीहरुलाई सभामुख देवराज घिमिरेले शुक्रबार बिहान साँढे एघार बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चिवतन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्।
प्रतिक्रिया दिनुहोस्