चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौंः प्रधानमन्त्री दाहाल काठमाडौं, १५ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्। शुक्रवार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण सहितको हस्तान्तरण समारोहमा उनले यस्तो बताएका हुन्। चीनले चिकित्सा विज्ञान, प्रविधि, सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै चीनसँग मिलेर काम गर्ने आकांशा रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्