अयोग्य लडाकुको नाममा पैसा बाँड्न लागिएको भन्दै अर्थमन्त्रीलाई युवा संघले बुझायो ज्ञापनपत्र काठमाडौं, १५ वैशाख। सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने तयारी गरेको भन्दै राष्ट्रिय युवासंघले अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले तत्काल अयोग्य लडाकुलाई दिन लागिएको सहयोग रोक्न मागगर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझेपछि अर्थमन्त्रीले आफ्नो कार्यकालमा त्यस्तो तयारी नभएको र हुन पनि नदिने प्रतिवद्धता जनाएको युवा संघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्