अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति उपाध्यक्ष पौडेलको आक्रोस, प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग काठमाडौं, १५ वैशाख। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे सरकारसँग जवाफ मागेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले झापामा मात्रै नभएर बिहीबार इलामबाट फर्कदैगर्दा समेत बाटोमा एम्बुस थापेर आक्रमणको प्रयास गरिएको जनाए।‘यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ त दिनुहुन्छ, तर आक्रमणका प्रयास रोकिँदैनन्। गर्न खोजेको के हो?,’उनले भने। यसबारेमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्