एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसदमा चर्काचर्की
काठमाडौं, १५ वैशाख। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका थिए। कोइरीका विषयमा सभामुखले भनेका कुराप्रति विरोध जनाउदै सांसदहरुले संसद अवरोध गरेका थिए। सभामुखले संसद बैठक ३० मिनेटको लागि स्थगन समेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्